काठमाडौँ, ४ असोज । शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरिएको भन्दै परीक्षार्थीहरूले सोमबार लोकसेवा आयोगको कार्यालयअगाडि धर्ना दिएका छन् ।आयोगले २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका छन् । अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गर्दा आफूहरूलाई मर्का परेको परीक्षार्थीहरूले जनाएका छन् ।छिटोभन्दा छिटो सिफारिस सूची टुंगो लगाउनुपर्ने मागसहित ६ सयभन्दा बढी परीक्षार्थी धर्नामा सहभागी भएका हुन् । उनीहरूले ‘हामी यहाँ छौं, लोकसेवा कहाँ छ ?,’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायत नारा लगाएका थिए ।
लोकसेवाअघि उभिएर परीक्षार्थीले भने– हामी यहाँ छौं, लोकसेवा कहाँ छ ?
प्रतिक्रिया