तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिनेसम्म

काबुल, ४ असोज तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो ।

अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।‘हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवत्ता मोहम्मद युसुफले भने ।‘हामी मुस्लिम कानून अनुसार सजाँय दिन्छौ । कानूनले जे निर्देश गर्छ सोही अनुसार हामी अगाडि बढ्छौं । ठूला अपराध गर्नेलाई सजाँय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ ।

उनी अगाडि थप्छन्, ‘जस्तैः हत्या अभियोगीलाई अलग कानून हुन्छ । तपाइँले जानेर कसैको हत्या गर्नुहुन्छ भने त्यसको बदलामा तपाईको हत्या हुन्छ । तर, नियतवश होइन भने अर्कै सजाँय हुन्छ । ’
शरिया कानूनअनुसार अपराधीको हात काटिदिनेदेखि बलात्कारको अभियोग लागेकालाई यातना दिएर हत्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आँचरण प्रहरी परिचालन गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board