रुसको संसदीय चुनावमा धाँधलीका आरोपबिच पनि पुटिनको पार्टीको अग्रता


रुस , ४ असोज । राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ।
पुटिनको पार्टीमाथि धाँधलीको आरोप भएपनि मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो।

क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको साथै निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएको दाबीहरूलाई रुसको निर्वाचन आयोगले अस्वीकार गरेको छ । सर्वसाधारणमाझ यी कुराहरु सार्वजनिक भएपनि निर्वाचन आयोगले ती सबै गलत भएको बताएको छ ।

भ्लादिमिर पुटिन ३६ वर्षसम्म सत्तामा टिकिरहन सक्ने या नसक्नेमा विभिन्न पक्षको फरकफरक धारण छन् । चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति