उत्कृष्ट बलिङ र ब्याटिङसहित ओमानमाथि नेपालको फराकिलो जित

काठमाडौं, ३ असोज। बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

१६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । शेख व्यक्तिगत ४० रनमा आउट भए ।

रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board