एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्ष उमेर हदको प्रस्ताव

काठमाडौँ, ३ असोज । पार्टीभित्र असन्तुष्टि बढेपछि नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।
आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो । यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने खालको प्रस्ताव गरेको हो ।त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनक लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति