कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थप ७ सय जना संक्रमित

काठमाडौं, ३ असोज । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ७ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार १३ वटा नमूना ९पीसीआर ७,३०४ र एन्टीजेन २,७०९० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने १४ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१ हजार ३६० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २४ हजार ३१३ जना सक्रिय संक्रमित छन् ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ४० जनाले ज्यान गुमाएका छन् ।अहिलेसम्म आईसीयूमा ३९० जना, भेन्टिलेटरमा ११७ जना, होम आइसोलेशनमा २२,८६४ जना, संस्थागत आइसोलेशनमा १,४४९ र क्वारेन्टाइनमा २४८ जना रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७।३ प्रतिशत छ भने मृत्युदर १।५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.५ प्रतिशत छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board