एन्फालाई वाग्मती प्रदेश सरकारले एक करोड उपलब्ध गराउने

काठमाडौं , ३ असोज । वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि प्रदेश सरकारले एन्फालाई १ करोड उपलब्ध गराउने भएको हो । कात्तिक २९ गतेदेखि काठमाडौंमा‘ए’ डिभिजन लिग सञ्चालन हुदैछ भने प्रदेश लिगको मिति तोकिएको छैन ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

एन्फालाई पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइने साथै उक्त रकम ‘ए’ लिगको हरेक खेलमा जित हासिल गर्ने टिमलाई ‘म्याच मनी’ स्वरूप ५० हजार रुपैयाँका दरले प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।  खेल बराबरी भए उक्त रकम आधा बाँडिने बताइएको छ । खेल जित्ने क्लबलाई पहिलोपल्ट खेलैपिच्छे नगद व्यवस्था गरेको जसले गर्दा खेल भावनाअनुसार खेलाडी र क्लबहरूलाई अगाडि बढ्न सहयोग पुग्न प्रदेश खेलकुद विकास परिषद्कासदस्यसचिव सूर्यलाल भण्डारीले विश्वास लिएका छन् । एन्फा अध्यक्ष शेर्पाले यस सम्झौताले क्लबहरूलाई खेलप्रति अझै लगाव बढ्ने दाबी गरे । उनले प्रदेश लिगका लागि एन्फाले सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने गरी सम्झौता भएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति