काठमाडौं , ३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।भारतमा केही खेलाडीलाई २९ खेल भएपछि गत मेमा कोभिड–१९ संक्रमण भएपछि बीचमै आइपीएल खेल स्थगित गरिएको थियो ।
आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचदुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो ।चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटका फाइनल खेल अक्टोबर १५ मा हुने जानकारी गराइएको छ ।
चेन्नाई र मुम्बईबीच प्रतिस्पर्धा , आइपीएलको बाँकी खेल आजबाट
प्रतिक्रिया