पदक नलिने कार्टुनिष्ट रविन सायमीको घोषणा

काठमाडौं, ३ असोज । कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।

तर उनले सामाजिक सन्जालमार्फ्त सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’सायमीले भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’

आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति