भरतमणि बने कमेडी च्याम्पियन सिजन २ को विजेता

काठमाडौं, २ असोज । रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो संस्करणको उपाधि भरत मणि पौडेलले जितेका छन् ।शनिवार कमेडी च्याम्पियनकै सेटमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको फिनालेमा अघिल्लो सिजनका विजेता हिमेश पन्तले विजेता घोषणा गरेका थिए । शोको फाइनलिस्टमा बिक्की अग्रवाल र सन्तोष थापा पनि थिए । दोश्रो बनेका सन्तोषलाई मोटरसाइकल र तेश्रो रहेका बिक्कीलाई च्याम्पियनले स्कुटर दिएको छ । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई ऋचा शर्मा थिए । च्याम्पियनको फिनालेमा यस पटक नायिका ऋचा शर्मा भने उपस्थित भएकी छैनन् । यस अघीको पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board