नेपालले अग्रता जोगाउन सकेन, फिलिपिन्ससँग २–१ ले हार्‍यो

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर मैदानमा आज शनिवार भएको खेलमा फिलिपिन्सले नेपाललाई दुई–एकले हराएको हो । नेपालले खेलको १० औँ मिनेटमा गोल गरेको भए पनि अग्रता जोगाउन सकेन । नेपालकी विमला चौधरीले गोल गरिन् । फिलिपिन्सका लागि कामिली विलसनले दुई गोल गरिन् । वैकल्पिक खेलाडीका रूपमा ६५ औँ मिनेटमा मैदान प्रवेश गरेकी विलसनले खेलको ९० औँ र इन्जुरी समयमा गोल गरिन् । यो जितसँगै फिलिपिन्सले पहिलो खेलमा तीन अङ्क जोडेको छ ।छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति