संविधान दिवसको कार्यक्रममा जसपाले सहभागी नजनाउने

काठमाडौं, २ असोज ।  यसवर्षको संविधान दिवसको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)सहभागी नहुने भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताएका हुन् ।

उनले संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै संविधान दिवसको कार्यक्रममा भाग नलिने बताएका छन् ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा भनेका छन् । नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको यादवको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति