‘भगौडा जर्नेल’हरुलाई कमान्डर मान्न सकिँदैन : रामकुमारी झाँक्री

काठमाडौं, २ असोज । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भनिन्, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’
नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताएकी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति