राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै सरकारले पूर्णता पाउँछ – उपेन्द्र यादव, अध्यक्ष, जसपा


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुइ महिना पूरा भए पनि सरकारले पूर्णता पाउनसकेको छैन । सत्ता साझेदार दलहरु विशेषगरी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमाथि फरक फरक दृष्टिकोण भएकाले सरकार विस्तारमा ढिलाइ भएको बताइन्छ ।

यसै सन्दर्भमा नेपाल पेजका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको कुराकानीको सारसंक्षेप ।


मन्त्रीपरिषद विस्तारमा किन ढिलाई किन ?


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल र केन्द्रीय समितीमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरे पनि संसदबाट पास हुन सकेको छैन । सत्ता साझेदार दलहरुबीचमा मन्त्रीपरिषद् विस्तारे २० प्रतिशतको आधारमा दल विभाजन हुने राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै सरकारले पूर्णता पाउँछ ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जसपाको धारणा

एमसीसी सम्बन्धमा पनि पार्टीले बैठक बसेर संस्थागत निर्णय गर्नेछ । एमसीसी जुन दिन टेबल हुन्छ, त्यो अघि नै हामी निर्णय गर्नेछौं ।

राई–मधेशको आन्दोलन र मुद्दा एउटै भए पनि राजनीतिक दलहरु टुटफुट भइरहने र एकत्रित हुन नसक्नुको कारण के हो ?

विकासोन्मुख देशहरुमा राजनीतिक अस्थीरता भइरहन्छ । सदनमा, सरकारमा र राजनीतिमा अस्थीरता छ । राजनीतिलाई सेवाभन्दा पनि पेशाको रुपमा लिइएका कारण विचार र सिद्धान्त गौण हुदै गएको छ । आर्थिक समृद्धि नभइकन राजनीतिक स्थीरता पनि हुदैन । जब देशमा आर्थिक समृद्धि हुन्छ तब यो स्वतः कम हुदै जान्छ । भू–राजनीतिक प्रभाव पनि नेपालमा छ ।

समृद्धि र विकास भएर मात्रै हुदैन, न्याय र समानता पनि चाहिन्छ । कम्युनिष्टहरुले त समाजवाद छोडिसके । जातिय, वर्गीय, स्वतन्त्रता, समानता, समावेशी र समानताको सवाल विगतमा कुनै शक्तिले उठाए पनि त्यो १२ बुँदे सहमतिमा सकिसक्यो तर यो सवाल जसपाले त निरन्तर उठाउदै आएको छ । मधेस आन्दोलन र थरुहट आन्दोलनका व्यक्तिहरु अझै पनि जेलमा छन् ।

राजनीतिक विचारका आधारमा कसैलाई पनि बन्दी बनाइनु हुदैन । काँग्रेस र कम्युनिष्टमा त तात्विक फरक केही पनि छैन नि । हामीले उठाउन खोजेको आवाज त्यही हो ।

देशको राजनीतिमा बाह्य प्रभाव पनि छ ?

दुई विपरीत विचारधारा रहेको देशहरुको बीचमा नेपाल अवस्थित छ । दुई शक्तिशाली देशहरुबीचमा रहेको नेपाल भू–राजनीतिक हिसाबले पनि संवेदनशील छ । स्वाभाविक हो पहाडतिर चिसो हावा र तराईमा तातो हावाको प्रभाव त पर्छ नै । शक्तिशाली मुलुकहरु सधैं शक्तिमा बस्न खोज्छन् । गरिब र कमजोर देशहरुलाई त हेपेकै छन् नि ।

जसपा विभाजन भएर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीमा जानुभएको जो पहिले एउटै पार्टीमा यहाहरुसँग हुनुहुन्थ्यो, उहााहरुलाई के सुझाव छ ?

जसपा विभाजन भएको होइन, केही हिस्सा चोइटिएर गएको मात्रै हो । ८०, ९० प्रतिशत नेता, जनप्रतिधिहरु जसपामा नै हुनुहुन्छ । शेरबहादुर देउवाले ल्याउनुभएको अध्यादेशले नेकपा एमाले र जसपामा उस्तै असर पारेको छ । एमाले पनि यही अवस्था हो । राजपाले जे लिएर आएको थियो त्यो त सबै यहीं छ नि । उहाँहरुले घाम, पानी छेक्ने छाता पनि पार्टीमै छोडेर जानुभएको छ ।

कसैले प्रयोग गरेर उहाँहरु फुट्नुभएको हो । म त अझै भन्छु, सच्याएर पार्टीमा आउनुस् तर उहाँहरुले समिक्षा चाही गर्नुपर्छ । यसकारण उहाँहरुलाई म अझै पनि पार्टीमा फर्कन आव्हान गर्दछु, आउनुहोस् मिलेर काम गर्न सकिन्छ । कसको फाइदा वा प्रयोगमा पर्नु भयो त्यो कुरा उहाँहरुले बझ्नुपर्दछ । जसपा फुट्नुको कारण केपी ओली मात्रै भने होइन, उहाँ संघियताविरोधी त पहिलेदेखि नै हो नि ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board