मेरो सरकारका बेला देउवाले कर्मचारीलाई असहयोग गर्न निर्देशन दिएका थिए – अध्यक्ष ओली

काठमाडौं, २ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार हुँदा प्रतिपक्षी नेताहरूले कर्मचारीहरूलाई असहयोग गर्न निर्देशन दिएको आरोप लगाएका छन्।

शनिबार बानेश्वरमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उनले त्यसरी निर्देशन दिएकोमा आफूलाई आश्चर्यसमेत लागेको बताए। म प्रधानमन्त्री छँदै, अलि अगाडि नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने– सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो।

म छक्क परें, उनले भने, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ। मलाई अचम्म लाग्यो। मलाई आश्चर्य लाग्यो।उनले कर्मचारीहरूलाई देशमा जुनसुकै कर्मचारी आए पनि काम गर्नुपर्ने बताए। सरकारलाई असहयोग गर्नु भनेको काम नगर्नु हो भन्दै उनले आफ्नो नियम कानुन अनुसार काम गर्नुपर्ने बताए। भेलामा पार्टीका महासचिव ईश्वर पोखरेल, स्थायी सदस्य तथा बागमतीका इन्चार्ज रामबहादुर बादल सहभागी भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति