विश्वभर २४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित : मृतक र संक्रमित थपिने दर सबैभन्दा बढिअमेरिकामा

काठमाडौँ, २ असोज । विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजार ३१६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा ३५ हजार ३६७, ब्राजिलमा ३३ हजार ५१९, र बेलायतमा ३२ हजार ६५१ जना संक्रमित फेला परेका छन् ।यही अवधिमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा धेरै छ । जहाँ एक हजार ९२० जना रहेका छन् । त्यसैगरी, ब्राजिलमा ४६७, भारतमा २८५, बेलायतमा १७८ जना छन् ।यससँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४६ लाख ९२ हजार नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या २२ करोड ८३ लाख ६७ हजार पुगेको छ । यीमध्ये २० करोड ४९ लाख ३० हजार निको भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति