अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं, १ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन्।
सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए। आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको पनि उनले बताएका छन्।

अचानक अमेरिका र उसका सहयोगी फिर्ता भएर तालिवान सत्तामा फर्किएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको खानले बताए।

उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने बताए। आफगानिस्तानलाई पुन: आतंकवादीको आश्रयस्थल बन्न नदिने सुनिश्चितता पनि गर्नुपर्ने खानको सुझाव थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति