देशलाई मध्यावधि निर्वाचनमा धकेल्न खोजेको भन्दै जनमोर्चाले लगायो एमाले र सरकारलाई यस्तो आरोप

काठमाडौं, १ असोज । राष्ट्रिय जनमोर्चाले संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।

मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँचदलीय गठबन्धनलाई टुक्र्याउन विभिन्न षड्यन्त्र भइरहेको समेत जनमोर्चाको ठहर गरेको छ ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ ।

त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुने विश्वास नभए पनि प्रतिगमनका विरुद्ध समर्थन गरेको जनमोर्चाले स्पष्ट पारेको छ । यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुनेमा जनमोर्चा दृढ रहेको अध्यक्ष केसीले दोहो¥याएका छन् । एमसीसी पारित गराउन अमेरिकाले लगातार दिइरहेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले यसलाई पारित गराउन विभिन्न षड्यन्त्र गरिरहेको पनि जनमोर्चाले दाबी गरेको छ । एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष गरिरहने जनमोर्चाले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति