काठमाडौँ ,१ असोज । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । विश्वका विभिन्न मुलुकका राजनीतिज्ञदेखि कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्तवपूर्ण योगदान पु¥याउने अभियन्ता र उद्यमीसम्म यस वर्षको सूचीमा समावेश भएका छन् ।टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।
यसपाली राजनीतिक विधाबाट अमेरिकी राष्ट्रपति जो बाइडेन, तालिबानका सहसंस्थापक अब्दुल घनी बरादर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि यस सूचीमा समावेश भएकी छिन् ।
त्यस्तैसिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गर्दै कोरोना महामारीमा योग्दान दिएको रकोरेनालाई रोक्ने अझै पनि महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै टाइमले पुनवालालाई प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।त्यस्तै यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि विश्वमा खोप अभियान एकता, सहकार्यलाई आफ्नो नेतृत्वले सम्भव पार्ने व्यत्तित्वकोरुपमा समावेश भएकी छिन् ।
त्यस्तै यस वर्षको सूचीमा राजकुमार ह्यारी दम्पतीका साथै टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओसमेत परेका छन् । त्यस्तै ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क साथै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् ।
प्रतिक्रिया