पशुपतिनाथको चाँदीको जलहरी रातारात सुनको, राजनीतिक स्वार्थ संलग्न

काठमाडौं, १ असोज । ‘आराध्यदेव भगवान श्रीपशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई चाँदीबाट सुनको जलहरीमा परीणत गरीएको छ । जलहरी सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट बेला–बेलामा चासो राखिएको थियो । कोषले यसकालागि पहल गरिरहेको थियो । साथै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा तत्कालीनप्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भगवान श्रीपशुपतिनाथको मन्दिर निरीक्षण तथा अनुगमनका क्रममा सुनको जलहरी निर्माण गर्ने कार्यका लागि नेपाल सरकारबाट रु.३० करोड उपलब्ध गराउने घोषणा पश्चात् जलहरी निर्माण गर्ने निर्णय गरीएको थियो ।

१४ माघ २०७७ मा तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले यो निर्णय गरेको हो । त्यही घोषणापछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण गरेर पशुपतिनाथको मूर्तिमा राखेको थियो । २६ माघ २०७७ मापशुपति क्षेत्र विकास कोषलेअनुमानित भन्दा बढीे सुन किन्ने निर्णय गरेको देखिएको तर कोषले बाँकी सुनका लागि कसरी थप बजेट जुटायो भन्नेबारे अहिलेसम्म नखुलाएका कारणजलहरी विषय अहिले ‘११ किलो सुन हिनामिना विवाद’ मा परिणत भएको छ ।२७ माघ २०७७ मा मात्रै सुन खरीदका लागि पर्यटन मन्त्रालयबाट रकम निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको देखिन्छ ।

तर स्रोतको सुनिश्चितता नहुँदै पशुपति क्षेत्र विकास कोषले त्यसको एक दिन अघि नै राष्ट्र बैंकसँग सुन खरीद सम्झौता गरेको थियो, जुन भ्रष्टाचार आकर्षित हुने विषय समेत हो । अहिले कोषका पदाधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका छन् । पशुपतिको शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो ।यसअघि तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा अहिले सुनको जलहरी राखिएको हो । शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत पशुपतिको मूर्तिमा अड्किने र सफा गर्दा ज्योतिर्लिंगलाई नै असर पर्ने भएकाले कवचस्वरूप जलहरी लगाउने प्रचलन रहेको भट्टहरू बताउँछन् ।शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रह्मनालमा पुग्ने गर्दछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति