वर्तमान सरकार असफल भई सकेको भन्दै एमालेको सरकार बन्ने नेता भट्टराईले गरे दाबी

काठमाडौं, १ असोज । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमालेकै नेतृत्वमा चुनाव हुने बताएका छन् । शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको सरकार बन्ने दाबी गरेका हुन ।

उनले नेकपा एमालेकै नेतृत्वमा चुनाव हुन आवश्यक रहेको पनि बताए । वर्तमान सरकार असफल भई सकेको भन्दै बजेट होलिडेका कारण आर्थिक र वित्तीय अनुशासनबिहीनता तर्फ मुलुक गएकोमा भट्टराईले चिन्ता व्यक्त गरे । ६५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु नै सरकारको असफलता र असक्षमता भएको उनले बताए ।

भट्टराईले पार्टी विभाजन दुःखद रहेको बताए । ‘पार्टी विभाजनको असर तल्लो तहसम्म परेको छैन,’ उनले भने, ‘विभाजनले जम्मा ५ प्रतिशत मात्र असर गरेको छ । फुटेर गएकाहरु पनि एमाले पार्टीमै फर्किनुको विकल्प छैन् ।’ उनले माधवकुमार नेपाल पनि एमालेमा नै फर्किनुको विकल्प नरहेको बताए । उनले गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमाथि पनि बोलेका थिए । सरकारले ल्याएको विधेयकमा पत्रकारलाई लगाउने अंकुशप्रति एमालेको समर्थन नरहने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति