काठमाडौं, १ असोज । नेकपा एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज (शुक्रबार) आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दैछ ।
अध्यक्ष माधवकुमार नेपालका अनुसार अहिले बिहान १० बजे नयाँ बानेश्वरको आलोकनगर(तीनकुने पुल दक्षिण) नजिकैको घरमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागिएको हो । ‘यो कुरा सबैमा जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु ।’
प्रतिक्रिया