नेपाली सेनाका उपरथी कार्की रथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं, ३१ भदौ ।  नेपाली सेनाका उपरथी बालकृष्ण कार्की रथीमा बढुवा भएका छन्।रथी कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई रथीमा बढुवा गरेको थियो। रथीमा बढुवा भएसँगै कार्कीले बलाध्यक्षमा नियुक्त भएका छन्। कार्कीले निमित्त बलाधिकृतको जिम्मेवारी समेत पाएका छन्।नेपाली सेनामा प्रधानसेनापतिपछि दुई रथी रहन्छन्। बलाधिकृत रथी ईश्वर हमाल संयुक्त राष्ट्र संघ अन्तर्गत फोर्स कमान्डरको रुपमा पश्चिम एसियामा कार्यरत छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति