उत्तर कोरियाले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गरे लगत्तै दक्षिण कोरियाले गर्यो पण्डुब्बीबाट परीक्षण

काठमाडौं, ३१ भदौ । उत्तर कोरियाले रेलबाट पनि प्रहार गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरिएको जनाएको छ।
बुधबार पहिलो पटक यस्तो परीक्षण गरिएको उत्तर कोरियाले बताएको हो। उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएअनुसार रेलमार्फत सो क्षेप्यास्त्र प्रणाली मुलुकको मध्य भागमा पर्ने पहाडी क्षेत्रमा पु¥याइएको थियो। त्यहाँबाट प्रक्षेपण गरेको क्षेप्यास्त्रले ८ सय किलोमिटर टाढा सही निसानामा प्रहार गरेको बताइएको छ।

सरकारी सञ्चारमाध्यमले देखाएको भिडिओमा दुई फरक क्षेप्यास्त्र रेलबाट प्रक्षेपण भएको देखिन्छ।उत्तर कोरियाले पछिल्लो पटक पन्डुब्बीसहित अलगअलग स्थानबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली विकास गरिरहेको छ।सो परीक्षणबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले बताएको छ। उत्तरले गरेको परीक्षणलगत्तै दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। पन्डुब्बीबाट प्रहार गरिएको यो दक्षिण कोरियाको पहिलो क्षेप्यास्त्र हो। यद्यपि दक्षिण कोरियाले उत्तर कोरियाली परीक्षणको प्रतिक्रियास्वरुप नभई पूर्वतयारीबमोजिम क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति