काठमाडौं, ३१ भदौ । जेठ २ मा फर्किएको एमालेका प्रदेश इन्चार्ज पनि स्वतः जेठ २ अघिकै ब्युँतिएको भन्ने धेरैलाई थियो । तर जिल्ला कमिटीका अध्यक्षहरु जेठ २ मा फर्किने क्रम चलिरहेका बेला प्रदेश इन्चार्ज भने यथावत देखिएका छन् । सुदूरपश्चिममा भीम रावलले प्रदेश इन्चार्ज पुनर्वहाली नभएकोमा अशन्तुष्टी जनाइरहेका बेला वागमतीमा पनि त्यस्तै देखियो ।
बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलामा अष्टलक्ष्मी शाक्यलाई शाक्यलाई मुख्यमन्त्री र पार्टी उपाध्यक्षका हैसियतमा प्रशिक्षण दिन उद्घोषका दिपक निरौलाले बोलाएका थिए । कार्यक्रमै रहेका रामबहादुर थापा ‘बादल’लाई भने उद्घोषकले वागमती प्रदेशको इन्चार्ज तथा स्थायी कमिटी सदस्यका हैसियतमा कार्यकर्तालाई प्रशिक्षण भनेका थिए।
यसबाट शाक्यले पनि जेठ २०७५ जेठ २ अनुसारको प्रदेश इन्चार्जको भूमिका नपाएको प्रष्ट भएको छ । नेकपा (माओवादी केन्द्र)सँग एकीकरण गर्नुअघिको एमालेको संगठन संरचनामा माधव नेपाल पक्षबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम आचार्य प्रदेश इन्चार्ज थिए। ज्ञवाली प्रदेश इन्चार्जको हैसियतमा कर्णालिका विभिन्न जिल्लामा पुगेर फर्किएका छन् । तर शाक्य र रावलको हकमा भने भएन । असार २७ गतेको १० बुँदे सहमतिपछि एमाले २०७५ जेठ २ गतेको पार्टी संगठन संरचनामा फर्किने भनिएको थियो । नेपाल पक्षका रावल र शाक्यहरुले पनि पार्टी जेठ २ मा फर्किने भन्दै विभाजनमा माधव नेपाललाई साथ दिएका थिएनन् ।
फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटीको विशेष बैठकले नेपाल पक्षका लागेका नेताहरुको जिम्मेवारी खोस्दै सुदूपश्चिममा लेखराज भट्ट, वागमतीमा थापा र प्रदेश १ मा सुवास नेम्वाङलाई इन्चार्जको जिम्मेवारी दिएको थियो । १० बुँदे जस्ताको त्यस्तै कार्यान्वयन नहुने बताइरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश इन्चार्ज भट्ट नै हुने बताइसकेका छन् । त्यसबाट रावल केही असन्तुष्ट जस्ता देखिएका छन् ।
यद्यपि रावलले भीम रावल सुदूरपश्चिम इन्चार्जको टुंगो नलागेको दावी गरेका छन् । बिहीबार अछाममा एमाले जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले एक व्यक्तिले इन्चार्ज तोक्न नसक्ने उल्लेख गरेका छन् । भीम आचार्यले पनि प्रदेश १ को जिम्मेवारी नपाउने देखिएको छ । उनी हाल मुख्यमन्त्री छन्। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ भने प्रदेश इन्चार्जको कुरा अहिले नै टुंगि नसकेको बताउँछन् ।
COMMENTS