स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

वीरगञ्ज, ३१ भदौ । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज(६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च शाखाका प्रमुख प्रहरी नायव निरिक्षक बिनोद सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापा हानेको हो । बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ ।

केन्द्रका सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७६ असारमा पनि प्रहरीले सोही पसलमा छापामारी गरेर ८ जनालाई पक्राउ गरेको थियो । त्यसबखत स्रोत नखुलेको नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम चाँदी बरामद गरेको थियो ।
त्यसैगरी पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी बिना बिल विजकको पेन्ट तथा हार्डवेर सामान बोकेको एक गाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले बीरगंज २१ स्थित परवानीपुर सडक खण्डबाट बिशेष चेकजाचको क्रममा ना ८ ख ६४५७ नम्बरको गाडीले अन्दाजी करिव ४० लाख मुल्य बराबरको भन्सार छली बिना बिल बिजकको अबैध सामान सहित गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरी प्रमुख पाण्डेले बताए । यसैवीच वीरगञ्ज महानगरपालिका वडा नं २१ स्थित परवानीपुर सडकखण्डको बाटो हुँदै ना ८ ख ६४५७ नम्बरको मालवाहक ट्रकमा पेन्ट तथा हार्डवेयरका सामानहरु भन्सार छली चोरी पैठारी गरी चितवन तर्फ लाँदै गरेको भन्ने सूचना आधारमा प्रहरीको टोलीले उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालबस्तुहरूको बिलविजक नरहेकोकोले उक्त ट्रकलाई चालक जिल्ला नवलपरासी देउचुली न.पा.वडा नं.५ बस्ने वर्ष २५ को घनश्याम भट्टसहित नियन्त्रणमा लिई सामान तथा ट्रकको ४०,००,०००। (चालीस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board