खोप खरीद र प्रयोगमा अध्याधेश निष्क्रिय भए पश्चात् पनि समस्या नपर्ने

काठमाडौं, ३१ भदौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगको बाटो खोलेको औषधि (तेस्रो संशोधन) अध्यादेश निष्क्रिय भएसंगै खोप प्रयोग र खरीदमाथि कानुनी प्रश्न उठेको छ ।

विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपकोलागि राष्ट्रपतिले २०७७ मंसिर ४ गते अध्यादेश जारी गरेपछि आपतकालीन प्रयोगका लागि बाटो खोलेको थियो । सरकारद्धारा उक्त अध्यादेश साउन ३ गतेको संसद बैठकमा पेश गरीएको तर ६० दिनसम्म संसदबाट पारित नभएका कारण भदौ ३० गतेदेखि निष्क्रिय भएको हो ।


औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा आपतकालीन प्रयोगको अनुमति लिने प्रकियामा रहेका खोप र औषधि दर्ता रोकिएको कारण पहिला अनुमति लिइसकेकालाई कुनै समस्या भएन तर नयाँ खोप खरीद तथा आयात गर्न चाहनेहरुको लागि समस्या भएको बताएका छन् । अध्यादेश जारी भएपछि कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, अक्सफोर्ड एस्ट्रेजेनेका, सिनोभ्याक लाइफ साइन्सको खोप तथा १२ बर्षमाथिका बालबालिकालाई लगाउन फाइजर खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board