अर्थमन्त्रीलाई ब्यंग्य गर्दै ओलीले भने – संसदमा हामीले नारा लगाइरह्यौँ, मन्त्री रिलेदौडमा

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको कारण बजेट रोकियो भन्ने सरकारको भनाइप्रति आपत्ति जनाएका छन्। बिहीबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारको असक्षमताका कारण मुलुक बजेटविहीन अवस्थामा पुगेको बताए।

उनले संसदमा एमालेले नाराजुलुश गरिरहे पनि सभामुखले बैठक अघि बढाएको र आफूलाई चाहिने काम गरेको तर देशलाई बजेटविहीन बनाएको आरोप लगाए। एमालेको अवरोधबीच पनि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट पेश गरेका थिए। ‘नेकपा (एमाले) का कारण बजेट रोकियो रे’ ओलीले भने ‘हामीले देख्याछैनौँ संसदमा मन्त्री रिले दौड कुँदेको ?

हामीले नारा लगाइरह्यौँ। मन्त्री खुरुरुरु रिलेदौड कुँदेर गए। सभामुखले यसो गर भने, उसो गर भने।’ उनले दुई महिना बितिसक्दा समेत मन्त्रीसमेत बनाउन नसकेर सरकारले असक्षमता देखाएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति