काठमाडौं, ३१ भदौ । बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् ।
नबिल बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सनराइज बैङ्क, सेञ्चुरी बैङ्क, बंगलादेश बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क, एनसीसी बैङ्क, सिभिल बैङ्क, सानिमा बैङ्क र प्राइम बैङ्कले बिहीबार बिहानै नयाँ प्रस्तावित ब्याजदर सार्वजनिक गरेका छन् । यी बैङ्कहरूले न्यूनतम आठदेखि अधिकतम १०.०७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव राखेका छन् ।
सनराइज बैङ्कले अहिलेसम्मकै बढी अर्थात् अधिकतम १०.०७ प्रतिशतको निक्षेप ब्याजदर प्रस्ताव गरेको छ । साधारण बचतमा ५।०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको बैङ्कले मुद्दती बचतमा न्यूनतम ५.०७ प्रतिशत देखि अधिकतम १०।०७ प्रतिशतसम्म दिने घोषणा गरेको हो । यता, लगानीतर्फ भने बैङ्कले आफ्नो आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोडेर लिने जनाएको छ । गत साउन मसान्तसम्म यो बैङ्कको आधारदर ७.०१ प्रतिशत रहेको थियो ।
यस्तै, सानिमा बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम १०।०१ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । साधारण निक्षेपमा ३ देखि ५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको बैङ्कले मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि अधिकतम १०.०१ प्रतिशत ब्याज दिने घोषणा गरेको हो । यता, कर्जा लगानीतर्फ भने बैङ्कले हालको ६।१४ प्रतिशतमा थप ७ प्रतिशत प्रिमियम थपेर लिने जनाएको छ ।
अन्य बैङ्कहरू कसको कति ?
प्राइम बैङ्क
साधारण निक्षेपमा ४।७६ देखि ५।७६ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको बैङ्कले मुद्दती निक्षेपमा अधिकतम ८ देखि ९।७६ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ भने हाल कायम रहेको ७।२१ प्रतिशतको आधारदरमा थप ६।९९ प्रतिशत प्रिमियम थपेर ब्याज लिने जनाएको छ ।
नबिल बैङ्क
गत वर्षको वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल नबिल बैङ्कले निक्षेप ब्याजदरमा न्यूनतम ४।२६ देखि अधिकतम ९।२६ प्रतिशत घोषणा गरेको छ ।
साधारण बचतमा ४।२६ प्रतिशत देखि ६।२६ प्रतिशत ब्याज दिने बताएको बैङ्कले मुद्दती निक्षेपमा ६।५१ प्रतिशतदेखि अधिकतम ९।२६ ब्याजदर घोषणा गरेको हो । उता, कर्जाको ब्याजदर भने बैङ्कले हालको ५.५२ प्रतिशतमा १।५ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपेर लिने जनाएको छ ।
एनसीसी बैङ्क
यस्तै, एनसीसी बैङ्कले साधारण निक्षेपमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएकोमा मुद्दती निक्षेपमा अधिकतम ९.२६ प्रतिशतसम्मकै ब्याज दिने घोषणा गरेको छ । त्यस्तै, कर्जातर्फ भने बैङ्कले हालको आफ्नो आधारदरमा २ देखि ५ प्रतिशत ब्याज थपेर लिने जनाएको छ । हाल बैङ्कको आधारदर ७.५७ प्रतिशत रहेको छ ।
सिभिल बैङ्क
सिभिल बैङ्कले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, कर्जातर्फ बैङ्कको आधारदरमा न्यूनतम २ देखि ७ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जनाएको छ । हाल बैङ्कको आधार दर ७.८९ प्रतिशत रहेको छ ।
सेञ्चुरी बैङ्क
सेञ्चुरी बैङ्कले साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६।२५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ प्रतिशतदेखि अधिकतम ९।२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यता कर्जा लगानीतर्फ भने बैङ्कले आफ्नो आधारदरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने बताएको छ । हाल बैङ्कको आधारदर ७.५५ प्रतिशत रहेको छ ।
एनएमबी बैङ्क
एनएमबी बैङ्कले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै, मुद्दती निक्षेपमा बैङ्कले अधिकतम ९।०२ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ भने बैङ्कले आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर लिने जनाएको छ ।
नेपाल बंगलादेश बैङ्क
नेपाल बंगलादेश बैङ्कले बचतमा ३।७६ अधिकतम ८.७६ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने बैङ्कले जनाएको छ ।
एसबीआई बैङ्क
नेपाल एसबीआई बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम ३।५५ प्रतिशतदेखि अधिकतम ९.०२ प्रतिशत ब्याज दिने बताएको छ । यता, कर्जातर्फ भने बैङ्कले आफ्नो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म ब्याज जोडेर लिने जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्क
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यता कर्जातर्फ आधारदरमा २ देखि ४।५ प्रतिशत प्रिमियम थपेर लिने जनाएको छ ।
एभरेस्ट बैङ्क
एभरेस्ट बैङ्कले निक्षेपमा न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ८.६१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ ९ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याज लिने बैङ्कले जनाएको छ ।
प्रभु बैङ्क
प्रभु बैङ्कले निक्षेपमा न्यूनतम ३।२५ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदरको प्रस्ताव गरेको गरेको छ । कर्जातर्फ भने बैङ्कले आफ्नो आधारदरमा २ देखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर लिने जनाएको छ ।
हिमालयन बैङ्क
हिमालयन बैङ्कले साधारण निक्षेपमा ४।२५ प्रतिशतदेखि ६।१५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेकोमा मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने घोषणा गरेको छ । कर्जातर्फको ब्याजदर भने उल्लेख गरेको छैन ।
माछापुच्छ्रे बैङ्क
बैङ्कले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेकोमा मुद्दती निक्षेपमा अधिकतम ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्मको घोषणा गरेको छ । यता, कर्जातर्फ भने बैङ्कले आधारदरमा १ प्रतिशतदेखि ७ प्रतिशतसम्म जोडेर लिने जनाएको छ ।
एभरेस्ट बैङ्क
नयाँ प्रस्तावित ब्याजदरमा एभरेस्ट बैङ्कले निक्षेपमा न्यूनतम ३।६१ प्रतिशतदेखि अधिकतम ८.६१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यता कर्जा तर्फ भने ९ देखि १४ प्रतिशतसम्म जाने जनाएको छ ।
सरकारी दुई बैङ्क ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र ‘कृषि विकास बैङ्क’
सरकारी स्वामित्वको दुईवटा बैङ्क, ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र ‘कृषि विकास बैङ्क’ ले निक्षेपमा न्यूनतम ३.०६ प्रतिशतदेखि अधिकतम ८।६० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् । तुलनात्मक रूपमा वाणिज्य बैङ्कलाई पछि पार्दै विकास बैङ्कले निक्षेप सङ्कलनमा बढी ब्याजदर प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले मुद्दती निक्षेपमा ८।०६ प्रतिशतको ब्याजदर प्रस्ताव गर्दै गर्दा यता कृषि विकास बैङ्कले अधिकतम ८।६० प्रतिशतको प्रस्ताव गरेको छ ।
यता कर्जातर्फ भने बैङ्कहरूले क्रमशः आधारदरमा अधिकतम ३ प्रतिशत र ५ प्रतिशत प्रिमियम जोडेर दिने जनाएका छन् । हाल वाणिज्य बैङ्कको आधारदर ५।४१ प्रतिशत र विकास बैङ्कको ७।१३ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो समय एनआइसी एशिया बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, सिटिजन बैङ्क, बैङ्क अफ काठमाडौं बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क, एनएमबी बैङ्क र ग्लोबल आईएमई बैङ्कले समेत निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । यी बैङ्कहरूले न्यूनतम २ प्रतिशतदेखि अधिकतम १०।०७ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ देखि लागू हुनेछ ।
बैङ्किङ क्षेत्रमा तरलता अभाव भएपनि व्यवस्थापन गर्न बैङ्कहरूमाथि निक्षेपमा ब्याजदर बढाउनुपर्ने बाध्यता आइलागेको हो । त्यसो त, यसअघि नियामक निकाय राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा नभएर निक्षेपमा ब्याजदर वृद्धि गर्न सुल्झाएको थियो ।
बजारको तरलता अभावलाई नै मध्यनजर गर्दै राष्ट्र बैङ्कले पछिल्लो ४ दिनमा मात्र ५८ अर्ब रुपैयाँको वैधानिक तरलता सुविधा ९एसएलएफ० पठाइसकेको छ । आज (बिहीबार) मात्रै बैङ्कले २० अर्ब रुपैयाँ बराबरको अल्पकालीन तरलता प्रवाह उपकरण (रिपो) जारी गर्दैछ ।
प्रतिक्रिया