अध्यादेशले लोकतन्त्र कमजोर बनायो : नेता रावल

डोटी,३१ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष डा. भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था छ । दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुनु ।

’नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको बताउँदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न/गराउन पनि आफूहरू पार्टी नेतृत्वसँग लागि परेको बताए ।सञ्चारकर्मीहरुको जिज्ञासामा उपाध्यक्ष रावलले आफूले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको वताए । ‘म छैटौं महाधिवेशनदेखि नै पाटीभित्रको विवाद मिलाउनका लागि क्रियाशील छु’ उनले भने ‘मैले जहिले पनि पार्टी फुटाउने नभई एकताका लागि प्रयास गरेको छु ।’ आफू अहिले पनि पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा सक्रिय रहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति