१७६० जना कोरोना संक्रमित थपिए, १२२० डिस्चार्ज

काठमाडौ, ३० भदौ । आज नेपालमा १,७६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।आज काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार ७ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board