नेपाली काँग्रेस १४ औँ महाधिवेशन बागमती प्रदेश सभापतिमा ७ जनाको दाबी

काठमाडौं, ३० भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संरचनात्मक नेतृत्वको रस्साकस्सी चलिरहेको छ । ५७ जिल्लामा वडा नेतृत्व चयन भइसकेको छ भने २० जिल्लामा असोज ५ गते अधिवेशन हुँदै छ ।

आगामी कात्तिक १० गतेदेखि १२ गतेसम्म हुने प्रदेश अधिवेशनको रौनक बढिसकेको छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेशको पार्टी अध्यक्षमा एक जना केन्द्रीय सदस्य र ६ जना जिल्ला सभापतिले दाबेदारी प्रस्तुत गरेको अवस्था छ । काँग्रेसमा विद्यमान तीन वटा गुटबाट ७ जनाले सभापतिमा दाबी गरेको पाइन्छ । सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य मोहन बस्नेतले बागमती प्रदेश अध्यक्षमा इच्छा जाहेर गरेका छन् ।

यस्तै देउवा समूहबाटै मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेश सभापतिमा आकांक्षा राखेका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट तीन जना जिल्ला सभापतिले प्रदेश सभापतिमा दाबी गरेका छन् ।

नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य धादिङ जिल्ला सभापति रमेश धमला मुख्य दाबेदार देखिएका छन् ।

यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौं जिल्लाका पूर्व सभापति भीमसेनदास प्रधानले आकांक्षा देखाएका छन् । प्रधानले देउवा समूहको साथ पाउने आशा राखेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति