काठमाडौं, ३० भदौ । दसैँ–तिहारका लागि आगामी असोजको पहिलो सातादेखि अग्रीम हवाई टिकट बुकिङ खुल्ला हुने भएको छ । यात्रुको चापको आधारमा दसैँ, तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङको गृहकार्य गरिरहेको वायुसेवा संचालक संघले असोज पहिलो सातादेखि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको जनाइएको छ ।यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । संघका अनुसार, काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको छ ।
दशैका लागि असोज पहिलो सातादेखि हवाई टिक बुकिङ खुल्ला
प्रतिक्रिया