काठमाडौं, ३० भदौ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको पुच्छर बनेर हिँडेको बताएका छन् । आफ्नो स्वार्थ र पदप्राप्तीका लागि प्रचण्ड र नेपाल कांग्रेसको पुच्छर बनेर हिँडेको आरोप उनले लगाएका हुन् ।
बुटवलमा बुधबार आयोजित एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे। फुटाउने कुचेष्टा गरे। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्यौं । तर उहाँहरु नेकपाबाट भाग्नुभयो। आफ्नो आफ्नो कोठातिर लाग्नुभयो। नयाँ उद्देश्य राखेर गएको होइन। उहाँहरुले गलत गर्नुभयो, बाटो बिराउनुभयो।’ सुरुमा ५ वर्षका लागि ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका प्रचण्डले आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्थ गर्न खोजेको पनि उनले बताए। ‘
आफ्नै पार्टी फुटाएर प्रतिपक्षी नेताको पुच्छर बनेर हिँडे। काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने रु संसद पुनःस्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशविरुद्ध परमादेश आयो। पूरै डिजाइनमा देशपारि मात्रै होइन, समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो।’ कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि उनीहरु अझै आफ्नै बलमा उभिन नसकेको उनले बताए।
प्रतिक्रिया