अध्यक्ष प्रचण्ड र चलचित्रकर्मीहरुबीच भेटवार्ता

काठमाडौं, ३० भदौ । चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्डलाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत वुझाएको थियो । भेटमा अध्यक्ष प्रचण्डले यो बिषयमा आफुलाई जानकारी भएको भन्दै तत्काल यस बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति