एकीकृत-समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते

काठमाडौं, ३० भदौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्ने भएको छ। पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीका अनुसार बैठकले जिम्मेवारी विभाजनको निर्णय गर्नेछ । उनले भने, ‘बैठकले जील्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्नेछ ।’

यस्तै, बैठकले पार्टीको चार महिने कार्ययोजना टुंगो लगाउनेछ । बैठकले राष्ट्रिय सम्मेलनको मिति पनि तय गर्ने उनले बताए । भदौ ९ गते नयाँ दलको मान्यता पाएको एकीकृत समाजवादीको पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board