निमोनियाका कारण रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु

बुटवल, ३० भदौ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा निमोनियाको उपचार गराइरहेका ४५ वर्षीय चौहानको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पोख्रेलले जानकारी दिए ।चौहान नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वकार्यसमिति सदस्य हुन् । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका थिए । उनि बुटवलबाट एबीसी टेलिभिजनमा जिल्ला संवाददाताको रुपमामा काम गर्दै आएका थिए । चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दु ख व्यक्त गरेका छन् ।  चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति