काठमाडौंमा नै बोक्सी आरोपमा महिलामाथि कुटपिट


काठमाडौं, २९ भदौ । काठमाडौंमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट गरिएको हो । प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पीडित महिलाका श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमानले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board