२४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि, १ हजार ५ सय ८९ जना निको

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १० दशमलव ८१ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ८९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेको छ ।

यही अवधिमा थप १९ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले नेपालमा २६ हजार दुई सय दुई जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा चार सय ५३ जनाको आईसीयू र एक सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज ८८ हजार एक सय ८४ मात्रा खोप लगाएसँगै नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५२ लाख ४३ हजार दुई सय ३६ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५८ लाख ७७ हजार ७९ जना पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board