नगर प्रवेश इन्द्रजात्राको यःसिः (इन्द्रध्वजा)

काठमाडौँ, २९ भदौ । नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि यःसिः (इन्द्रध्वजा) नगर प्रवेश गराइएको छ ।


समितिले दिएको साइत अनुसार आज बिहान १०ः३४ बजे भोटाहिटीबाट यःसिः (इन्द्रध्वजा) नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । यही भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी बेलुकी ७ः२७ मा यःसिः (इन्द्रध्वजा) का लागि रुख काटिएको थियो । यःसिः (इन्द्रध्वजा)लाई असोज २ गते बिहान ६ः५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।


इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातन अर्थात् यःसिः (इन्द्रध्वजा) ढालिने छ । करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ ।


कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।


जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत शुरु गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board