झापामा अवैध लागूऔषध सहित ५ जना पक्राउ


काठमाडौं, २९ भदौ । झापा, बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । को.२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका–८ विश्वकर्मा कल्बटस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार ४ सय ट्याबलेट र नाइट्राभेट १३ ट्याबलेट सहित सुनवर्षी नगरपालिका–३ अमरदह बस्ने २३ वर्षीय मनोज रायलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । को.२६ प ४३८१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक रायलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महागनरपालिका–६ हल्लनचोक बस्ने २३ वर्षीय प्रशान्त परियार र सोही महानगरपालिका–१ सिमपानी बस्ने २० वर्षीय अश्विन गुरुङलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board