बजेट पारित नभए पनि हिजो जसरी चल्याथ्यो, त्यसैगरी चल्छ – प्रधानमन्त्री देउवा

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई पत्रकारले यही प्रश्न सोधे । तर देउवाले जवाफ दिए, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board