प्रतिस्थापन विधेयक अल्झियो, ५/७ दिन सरकारी खर्च रोकिन सक्छ – अर्थमन्त्री शर्मा

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।
अब सरकारले कर मात्र उठाउन सक्छ खर्च गर्न सक्दैन । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ ।

६० दिनको समय बुधबार सकिँदैछ । प्रतिनिधिसभा अवरोधपछि मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५/७ दिन सरकारी खर्च रोकिन सक्ने बताए । प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च ५/७ दिन रोकिँदा फरक नपर्ने उनले बताए ।

सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ, शर्माले भने, –कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५/७ दिन रोकिन पनि सक्छ । उनले रोकिँदा पनि त्यसले असर नपर्ने बताए । अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board