भएन बजेट पारित : संसद बैठक असोज ४ गतेसम्म स्थगित

काठमाडौं, २९ भदौ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board