वडाध्यक्षलाई धम्की दिएर २० लाख रुपैयाँ मागपछि…

काठमाडौं, २९ भदौ । इटहरी उपमहानगरपालिका–१९ का वडाध्यक्षलाई फोनमा धम्की दिएर पैसा मागेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले वडाध्यक्षलाई धम्की दिएर पैसा मागेको आरोपमा झापाको दमक नगरपालिका–१ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार गत असार १३ गते वडाअध्यक्ष नारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो ।घटनापछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई सोमबार उनकै घरबाट पक्राउ गरेको डिएसपी कार्कीले बताए । पक्राउ परेका श्रेष्ठ उपर मुलुकी अपराध संहिता ऐन– २०७४ बमोजिम अभद्र व्यवहारमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति