नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

काठमाडौं, २९ भदौ । कावासोती( पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति