देउवा पत्नी आरजु क्षेत्रीय प्रतिनिधि, जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने

काठमाडौं, २८ भदौ । डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ।गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्।यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा छोरा जयवीरसिंहको पनि नाम छ।

तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन्। ‘उहाँ (जयवीरसिंह) क्रियाशील सदस्य हुनुहुन्छ तर उहाँले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिने मन गर्नुभएन,’ वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले भने, ‘आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ। वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको भट्टले जानकारी दिए। सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए। डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग लिएका थिएनन्। जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रबाट नाम थप गरेको मल्ललगायत उनी पक्षले बताइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति