काठमाडौं आउँदै गरेको जिप मानेभन्ज्याङमा पल्टियो, १ जनाको मृत्यु, ९ घाइते

काठमाडौं, २८ भदौ । ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५२१० नम्बरको जिप सडकबाट ५० मिटिर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।। जिप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ जाँदै थियो।
दुर्घटनामा बारा घर भएका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए।गम्भीर घाइते चारजनालाई उपचारको लागि काठमाडौं लगिएको छ। तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति