माओले जस्तै मैले पनि एक्लो छु भन्नुपर्ने हो कि – अध्यक्ष प्रचण्ड

काठमाडौं, २७ भदौ । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् ।आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिए । ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति