एमालेलाई वार्ताबाट निकास खोज्न गृहमन्त्रीको आग्रह

काठमाडौँ, २७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेका छन् । संवाद, छलफल र वार्ताको माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन् ।आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले भने, ‘म आग्रह गर्नु चाहन्छु, भएका मतभेदहरुलाई सुल्झाएर जाउँ । आज पनि सभामुखले बोलाउनुभयो, कानून मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमति जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र, विश्वास गरौं, भोलि समस्या समाधान हुन्छ ।’सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।सभामुख सापकोटाले आइतबार पनि नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सुचारु गराउन आग्रह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति